विश्वभर रहेका नेवार समुदायको छाता संगठन डब्लुएनओको अध्यक्षमा संयुक्त श्रेष्ठ

 साउन २४, २०७९ मंगलबार १०:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वभर रहेका नेवार समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेशन (डब्लुएनओ)को अध्यक्षमा बेलायतका संयुक्त श्रेष्ठ निर्वाचित हुनु भएको छ। अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको चौथो महाअधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित हुनु भएको हो ।

शुक्रबार सुरु भएकाे महाअधिवेशनको अन्तिम दिन नेपालको समयअनुसार आइतबार राति नवनिर्वाचित अध्यक्ष संयुक्तलाई निवर्तमान अध्यक्ष सिजन श्रेष्ठले कार्यभार हस्तातरण गर्नु भएको हो । डब्लुएनओको निर्वाचन समितिका प्रमुख लण्डनका शशि महाजुसहित सदस्य अमेरिकाका सरोज प्रजापति र नेपालका सिल्भिया राजोपाध्या सम्मिलित समितिले जुलाइ ३१ तारिखमा नयाँ कार्यसमितिको नाम निर्विरोध भएको घोषणा गरेको थियो । 

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा समिर महर्जन, उपाध्यक्षमा रजनी प्रधान, सामन्तश्री रत्न बज्राचार्य, कमल श्रेष्ठ, महासचिवमा शोभित शाक्य, कार्यकारीणी सदस्यमा नरेश शाक्य, रमेश मान मुनिकार, शैलेन्द्र मानन्धर, सुदय राज शिलाकार, सुरेन्द्रभक्त श्रेष्ठ, सुरेन्द्रमान  शाक्य,  दीपेश शाक्य र दीपक डंगोल निर्वाचित हुनुभएको हो। 

वरिष्ठ हांस्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न डब्लुएनओको महाअधिवेशनमा सांस्कृतिक र्‍याली,  सांस्कृतिक कार्यक्रम, सोभेनिएर विमोचन अन्तर्क्रिया कार्यक्रम, नेवार समुदायको हकहितका बारे विभिन्न प्रवचनका कार्यक्रम भएको थियो।

११ वर्षअघि गठन भएको डब्लुएनओको अघिल्ला महाअधिवेशन बेलायत, बाल्टीमोर र नेपालमा भएको थियो । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dimita Lapchha

    Aug. 10, 2022, 6:54 a.m.

    Best wishes for a successful tenure

  •  0 Reply

तपाईको प्रतिक्रिया