दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर बोक्ने गाडी तोडफोड गर्नेलाई अपराधी भन्दै उनीहरूलाई कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले तोडफोड गर्नेहरूबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्ने र यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको बताउनुभएको छ । उहाँले यो तोडफोडलाई फोहर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा बुझेको बताउनुभएको छ ।
सम्बन्धित समाचार
मेयर साहले केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाको फोहरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने बताउनुभएको छ ।