म विरुद्ध गलत प्रचार भयाे, सम्झौता पालना नभए फिफा र एएफसी जान्छु : अलमुताइरी

 साउन २५, २०७९ बुधबार ७:२७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूविरुद्ध गलत प्रचार भइरहेको र सम्झौता भएसम्म आफू नेपालको प्रशिक्षक रहने जनाएका छन् । उनले सम्झौता पालना नभए फिफा र एएफसीमा जाने बताएका छन् ।

हिजो विज्ञप्ति निकालेर उनले आफूविरुद्ध झुटा समाचार फैलाइरहेको आरोप लगाएका हुन् । उनले नेपालको बलियो राष्ट्रिय टोली निर्माणको लागि पूर्ण प्रयास गरेको पनि दाबी गरेका छन् । अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार एन्फाले उनलाई स्पष्टीकरण माग गर्दै पत्र लेखेको थियो ।

तर, छुट्टीमा रहेका अलमुताइरीले एन्फाले पठाएको पत्रको जवाफ नदिएको भन्ने समाचारहरु प्रकाशित भएको थियो । प्रशिक्षक अलमुताइरीले एन्फाले स्पष्टीकरण सोधेको पत्र आफूले आज प्राप्त गरेको र वकिलसँग सल्लाह गरेर जवाफ दिने उल्लेख गरेका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया