‘स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन’

 साउन २५, २०७९ बुधबार १५:९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । 

प्रतिनिधि सभाको आज बुधवारको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आर्थिक वर्षकाे बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थाअनुसार स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताउनुभयो ।

पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप पनि लगाउनुभयो । सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उहाँले बीमा कार्यक्रमलाई सरकारले रद्द गर्न लागेको बताउनुभयाे । 

बैठकमा एमालेकै सांसद महेश बस्नेतले मङ्गलवार रातिको अविरल वर्षाका कारण आएको बाढीले काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेको जनाउँदै प्रभावितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गर्नुभयो । 

यस्तै उहाँले नेपाल इन्जिनियरिङ कलेजका सम्बन्धमा देखिएको बेथितिको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया