ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको चीनको घोषणा

 साउन २६, २०७९ बिहिबार ६:४९:१६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

चीनले ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको घोषणा गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले एक हप्ताभन्दा लामो सैन्य अभ्यास गरेको हो ।

ताइवान आसपासमा भएको सैन्य अभ्यासका क्रममा विभिन्न मिसनलाई सफलतापूर्वक पूरा गरेको र सेनाको संयुक्त युद्ध क्षमताको प्रभावकारी परीक्षण समेत भएको चीनले जनाएको छ ।

यसैबीच, चीनले ताइवानसँगको शान्तिपूर्ण एकतामा जोड दिने बताएको छ ।

बेइजिङको स्टेट काउन्सिलअन्तर्गतको ताइवान मामिला कार्यालय र सूचना कार्यालयले श्वेतपत्र निकालेर चीनको पुनःएकीकरण प्रक्रिया कसैगरी नरोकिने दाबी गरेको बीबीसीले जनाएको छ ।  बेइजिङले ताइवान एकीकरण गरी छाड्ने दृढसङ्कल्प व्यक्त गरेको छ ।

ताइवानप्रति धेरै हदसम्म मेलमिलापकारी भाषा श्वेतपत्रमा प्रयोग गरिएको छ । जसमा ताइवानसँग सम्बन्ध सुधार्न चीन इच्छुक रहेको उल्लेख छ । श्वेतपत्रमा एकीकरण भइसकेपछि पनि ताइवानमा अन्य देशले आर्थिक र सांस्कृतिक सम्बन्ध विकास गर्नसक्ने उल्लेख छ ।

बेइजिङले सन् १९९३ मा ताइवानबारे पहिलो श्वेतपत्र जारी गरेको थियो । त्यसअघि सन १९९२ मा दुई पक्षबीच एक देश, दुई व्यवस्थाका विषयमा सहमति भएको थियो । पछिल्लो श्वेतपत्र भने अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आएको हो । चीनले अमेरिकाको केही शक्तिले ताइवानलाई आफूविरुद्ध गोटीका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ। 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया