ललितपुरमा बस पल्टिँदा ८ जना घाइते

 साउन ३०, २०७९ सोमबार १६:५०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन् । बा ३ ख २७ १८ नम्बरको बस पल्टिँदा आठ जना घाइते भएका हुन् ।

घाइतेहरूको ललितपुर र काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भक्तपुरबाट बल्खु जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया