सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको इरानको दाबी

 साउन ३१, २०७९ मंगलबार ६:३९:१३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

इरानले सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । अमेरिकाको न्युयोर्कमा भएको आक्रमणमा संलग्न व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको इरानले दाबी गरेको हो ।

अमेरिकाको न्युयोर्कमा शुक्रवार एउटा कार्यक्रममा छुरा प्रहार भएपछि ७५ वर्षीय रुस्दीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । उहाँलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो । अहिले स्वास्थ्यमा केही सुधार भएको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुस्दीमाथि आक्रमण भएपछि इरानले खुसी व्यक्त गरेको आरोप लगाउनु भएको थियो । तर इरानी विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले यो आक्रमणसँग आफ्नो देशको सम्बन्ध भएको दाबीलाई अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।

सन् १९८८ मा ‘द सटानिक भर्सेज’ उपन्यास प्रकाशित भएपछि रुस्दीले हत्याको धम्की खेप्दै आउनुभएको छ । रुस्दीको उपन्यासले इस्लाम धर्मको अपमान गरेको निष्कर्षसहित तीन दशकअघि इरानका सर्वोच्च नेताले फतवा अर्थात धार्मिक आदेश जारी गर्नुभएको थियो । यो फतवा अहिले पनि कायम छ ।

आक्रमणपछि पक्राउ परेका २४ वर्षीय हादी मतारले घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् ।
 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया