यू-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीकाे बिदाई

 असोज १०, २०७५ बुधबार १८:४८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अखिल नेपाल फुटबल संघ एन्फाले भुटानमा हुने यू-१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीलार्इ बिदाई गरेको छ ।

आगामी सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुने च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । जसमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

नेपालले पहिलो खेल सेप्टम्बर २८ मा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले अक्टोबर २ मा बङ्गलादेशको सामना गर्नेछ ।

च्याम्पियनसिपमा नेपाल समूह  बी मा रहेको छ । नेपालले समूह चरणमा पाकिस्तान र बङ्गलादेशसंग खेल्नेछन् । नेपाली खेलाडीहरुमा गोलकिपर कविता राई, अन्जना राना मगर र उषा नाथ रहेका छन् ।

त्यसैगरी डिफेन्डरमा  विमला विक, कोपिला धिमाल, पुनम फरसवान, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, पुजा राना मगर छन् ।

त्यस्तै मिडफिल्डरमा मनिषा राउत, सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, सम्झना लावती रहेका छन् भने स्ट्राइकरमा एलिसा जाम्बा, सम्झना शर्मा, रश्मी कुमारी घिसिङ र रेखा पौडेल रहेका छन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया