बुटवलको एक होटलमा महिला र पुरुष मृत भेटिए

 साउन ३१, २०७९ मंगलबार ११:८:३२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा रहेको एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार फूलबारीचोकमा रहेको कारीकोट होटलमा धादिङको कुम्पुर ५ घर भएका ३६ वर्षीय सीताराम भुजेल झुन्डिएको अवस्थामा र दाङ सतबरीया घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी पलङमा लडिरहेको अवस्थामा फेला परेका हुन् । कोठाको तन्ना र ताैलियामा रगत लागेको पाइएको छ ।

महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरु दुवै जना हिजो बेलुका होटलमा बास बस्न आएका थिए । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत १६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया