नेदरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको जित

 भदौ ३, २०७९ शुक्रबार ६:२७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो एकदिवसीयमा नेदरल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले शृङ्खला २–० ले जितेको हो ।

घरेलु टोलीले दिएको १ सय ८७  रनको लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका मोहम्मद रिजवान, बाबर अजाम र आगा सलमानले अर्धशतकीय पारी खेले । रिजवानले अविजित ६९ रन बनाए ।

त्यस्तै कप्तान बाबरले ५७ र सलमानले अविजित ५० रन बनाए । नेदरल्यान्डका भिभिएन किङ्ग्माले २ तथा आर्यान दत्तले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्डले ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ८६ रन बनाएको थियो । उसका बास डी लिड र टम कुपरले अर्धशतकीय पारी खेले । लिडले ८९ तथा कुपरले ६६ रन बनाए ।

पाकिस्तानका हरिस रउफ तथा मोहम्मद नवाजले समान ३/३ विकेट लिए । नसिम साहले २ तथा सादव खान र मोहम्मद वासिमले समान १/१ विकेट लिए । पहिलो खेलमा पाकिस्तान १६ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतवार हुनेछ ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया