गोदावरी, विष्णुमती, मनोहरालगायत खाेलामा बाढी, सतर्कता अपनाउन आग्रह

 भदौ ४, २०७९ शनिबार ६:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा गएराति परेको पानीले गोदावरी, हनुमन्ते, विष्णुमती, मनोहरा, नख्खुलगायत साना खोलामा जलसतह बढेको छ ।

ती खोला क्षेत्रको आसपासमा बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले ती नदी जलाधार क्षेत्रमा पानी पर्नेक्रम रोकिएको छ । आज पनि देशभरको मौसम बदली रहने अनुमान छ ।

आज दिउँसो वाग्मती प्रदेशसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अरु बाँकी प्रदेश-१, मधेस प्रदेश र कर्णालीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया