आजदेखि रातमा काठमाण्डौ प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गएराति साढे ९ बजे उहाँको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पङ्कजकुमार बर्मनले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किनुभएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गएको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धाञ्जलीका लागि राखिनेछ ।
बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले विज्ञप्ति निकालेर गिरिको निधनबाट स्तब्ध मर्माहत भएको जनाएको छ । उहाँले कांग्रेसको सङ्गठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदान सधैँ स्मरणीय रहेने विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसमा बौद्धिक धार तथा समाजवादी चिन्तनलाई प्रतिनिधित्व गर्ने गिरिले अध्ययन र निर्वासित राजनीतिका प्रारम्भिक वर्षमा भारतको दरभङ्गा, पटना, बनारस र दिल्लीमा झन्डै दुई दशक बिताउनु भएको थियो । गिरि नेपाली कांग्रेसमा वीपी कोइरालाका समकालीन धनुषाका कांग्रेस नेता मित्रलाल गिरिका छोरा हुनुहुन्छ । नेपाली कांग्रेस भित्रै रहे पनि स्वतन्त्र चिन्तन र नेतृत्वको आलोचनाका कारण उहाँ दलभित्र अल्प समूहमै पर्नुहुन्थ्यो ।
उहाँका निकटहरुले गिरिलाई क्षमता अनुरुप अवसर नपाएको रुपमा लिने गरेका छन् । नेपाली राजनीतिमा निष्ठावान राजनीतिज्ञमा रुपमा परिचित गिरिले १४/१५ वर्षको उमेरदेखि नै राजनीतिक अभियान सुरु गर्नुभयो। नवीन नेपाल निर्माणको सङ्कल्प र दृष्टिकोणमा खरो उत्रने नेता गिरि पाको पुस्तादेखि युवासम्म लोकप्रिय हुनुहुन्थ्यो । सादगी जीवन र प्रष्ट दृष्टिकोण राख्ने नेता गिरि २०५१ सालको मध्यावधि चुनावमा सिरहाबाट विजयी हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।