सरकारसँग सहमति भएपछि निहारिका राजपुतको अनशन तोडियो

 भदौ ६, २०७९ सोमबार ६:२७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोड्नुभएको छ । १७ दिनदेखि काठमाण्डौमा अनशन बसिरहनुभएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले हिजो बेलुकी अनशन तोड्नुभएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने उल्लेख छ ।

शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गएको जेठ २९ गतेदेखि काठमाण्डौमा अनशन बस्नुभएको थियो ।

सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि असार ३ गते उहाँले अनशन रोक्नुभएको थियो । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै उहाँले राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाहकाे प्रयास गरेपछि उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उपचारकै क्रममा उहाँ अनशनमा बस्नुभएको थियो । यसअघि निहारिकाले शिवराजविरुद्ध कारबाहीको माग गरे पनि जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दाबाट सफाइ दिएको थियो । आरोपितलाई सफाइ दिएको फैसलामाथि प्रश्न उठेपछि न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्चमा फिर्ता बोलाइएको छ । 
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया