इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र न्युकासलकाे बराबरी

 भदौ ६, २०७९ सोमबार ६:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीलाई न्युकासलले बराबरीमा रोकेको छ । गएराति भएको खेलमा सिटी र न्युकासलले ३–३ गोलको बराबरी खेलेका हुन् ।

खेलमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता बनाएको थियो । उसका इल्के गुन्डोगनले खेलको ५औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । त्यसपछि न्युकासलका मिगुएल अल्मिरोनले खेलको २८औँ मिनेटमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

न्युकासलका कलुम विल्सनले खेलको ३९औँ मिनेटमा र खेलको ५४औँ मिनेटमा केइरन ट्रिपियरले गोल गर्दै न्युकासललाई ३–१ को अग्रता दिलाए । दबाबमा परेको म्यानचेस्टर सिटीका लागि खेलको ६४औँ मिनेटमा अर्लिङ हालाण्डले र ६४औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरे । उनको गोलसँगै खेल ३–३ को बराबरीमा रोकियो । बराबरीसँगै ३ खेलमा ७ अङ्क जोडेको सिटी दोस्रो स्थानमा छ भने न्युकासल ५ अङ्क जोडेर छैटौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया