इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो

 भदौ ७, २०७९ मंगलबार ६:२९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । आज बिहान भएको खेलमा लिभरपुललाई २–१ गोलले हराउँदै युनाइटेडले अङ्कतालिकामा तीन अङ्क जोडेको छ ।

घरेलु मैदान ओर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका जेडन सान्चो र मार्कस रासफर्डले एक/एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए । खेलको १६औँ मिनेटमा सान्चोले गोल गरेपछि युनाइटेडले अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुवातमै रासफर्डले गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो । खेलको ८२औँ मिनेटमा लिभरपुलका सलाहले गोल गरे । फरवार्ड क्रिस्टियानो रोनाल्डो खेलको ८५औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । तर लिभरपुले थप गोल गर्न नसक्दा पराजित भयो । जितसँगै युनाइटेडको ३ खेलमा ३ अङ्क भएको छ ।

युनाइटेड तालिकाको १४औँ स्थानमा छ । समान खेलमा २ अङ्ककासाथ लिभरपुल १६औँ स्थानमा छ । तीन खेलमा ९ अङ्क जोडेको आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया