अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनमाथि फेरि छानबिन गर्न आदेश

 भदौ ९, २०७९ बिहीबार ६:३४:२३ | एजेन्सी
unn.prixa.net

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनमाथि फेरि छानबिन गर्न आदेश भएको छ ।

आफ्नो कार्यकालमा उहाँले विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी लिनु कानुनसम्मत रहेको भए पनि सरकारका सिद्धान्तलाई मौलिक रूपमा कमजोर बनाएको सार्वजनिक अध्ययन समितिले जनाएको छ ।

यसअघि मोरिसन प्रधानमन्त्री रहेका बेला विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी गोप्य रूपमा लिएको सार्वजनिक भएको थियो ।

लगत्तै प्रधानमन्त्री एन्थोनी अल्बानिजीले यसबारेमा अध्ययन गरी सरकारलाई सुझाव दिन आग्रह गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री मोरिसनले कोरोना महामारीका बेला सन् २०२० मार्चमा स्वास्थ्य तथा अर्थ, अप्रिल २०२१ मा उद्योग, विज्ञान तथा स्रोत र मे २०२१ मा ट्रेजरी तथा गृह मन्त्रालयको जिम्मेवारी समेत आफूले लिनुभएको थियो।

जिम्मेवारी लिए पनि कसैलाई जानकारी नदिइ गोप्य राखेको भन्दै उहाँको आलोचना भएको थियो । मोरिसनले आफूले कुनै पनि अधिकारको गलत प्रयोग नगरेको दोहाेर्याउनुभएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया