फिफाको वरीयतामा नेपाल १ सय ७६औँ स्थानमा यथावत्

 भदौ १०, २०७९ शुक्रबार ६:४७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को पछिल्लो वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिना जस्तै १ सय ७६औँ स्थानमा यथावत् रहेको हो ।

नेपालले पछिल्लो पटक गएको जुनमा कुवेतमा एसियन कप छनोट खेलेको थियो । नेपालले अर्को महिना घरेलु मैदानमा बङ्लादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ ।

१ सय ४औँ स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमा कायमै छ । त्यस्तै १ सय ५६औँ स्थानमा रहेको माल्दिभ्स दोस्रो र १ सय ८६औँ स्थानमा रहेको भुटान चौथो स्थानमा छ । क्रमशः बङ्लादेश पाँचौँ, पाकिस्तान छैटाैँ र श्रीलङ्का सातौँ स्थानमा छन् ।

बङ्लादेश १ सय ९२औँ र पाकिस्तान १ सय ९५ औँ स्थानमा छ । दक्षिण एसियाको पुछारमा रहेको श्रीलङ्का २ सय ७औँ स्थानमा रहेको छ । विश्व वरीयतामा ब्राजिल शीर्षस्थानमा यथावत् छ । 
 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया