प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई हरायो

 भदौ १२, २०७९ आइतबार ६:४२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको हो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई गोल गरे ।

लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा घरेलु टोली चेल्सी १० खेलाडीमा समेटिन पुगेको थियो ।

कोनर गलाघेर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले ४ खेलबाट ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया