लिभरपुलले बर्नमाउथलाई ९–० गोलको फराकिलो अन्तरले हरायो

 भदौ १२, २०७९ आइतबार ६:५२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ ।

लिभरपुलले बर्नमाउथलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै पहिलो जित निकालेको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुलका रोबर्टो फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे ।

यस्तै हार्भे इलिओट, ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड, भर्जिल भान डाइक, फावियो कार्भाल्होले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो । यसअघि लिभरपुलले दुई खेल बराबरी खेल्दा एकमा हार बेहोरेको थियो। लिभरपुलको ४ खेलमा ५ अङ्क भएको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया