नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित : वेस्टह्याम पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई हराएको छ । घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीले वेस्ट ह्यामलाई २–१ गोलले हराएको हो ।

वेस्ट ह्यामले खेलको ६२औँ मिनेटमा मिकेल एन्टोनियोको गोलबाट अग्रता लिएको थियो । तर अग्रता जोगाउन सकेन । चेल्सीका बेन चिल्वेलले खेलको ७६औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको ८८औँ मिनेटमा काइ हाभर्टजले गोल गर्दै घरेलु टोली चेल्सीलाई जिताए ।

जितसँगै चेल्सी अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । चेल्सीको ६ खेलमा १० अङ्क छ । अर्को खेलमा टोटनह्यामले फुलह्यामलाई २–१ गोलले, बर्नमाउथले नटिङ्घम फरेस्टलाई ३–२ गोलले, ब्रेनफोर्डले लिड्स युनाइटेडलाई ५–२ गोलले र उल्भ्सले साउथह्याम्पटनलाई १–० गोलले हरायो । त्यस्तै न्युकासल र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले ।

एस्टनभिल्ला र म्यानचेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन् । त्यसअघि हिजो भएको पहिलो खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेलेका थिए ।
 

प्रकाशित मिति:
थप खेलकुद