आर्टमिस रकेटको दोस्रो प्रक्षेपण प्रयास अन्तिम समयमा रोकियो, इन्धन चुहावटको समस्या

 भदौ १९, २०७९ आइतबार ६:५७:३२ | एजेन्सी
unn.prixa.net

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपणका लागि गरेको दोस्रो पटकको तयारी पनि अन्तिम समयमा रोकिएको छ ।

रकेटमा इन्धन चुहावटको समस्या देखिएको र परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ । यसअघि गएको सोमवारको प्रयास पनि इन्जिनमा समस्या देखिएपछि अन्तिम समयमा आएर रोकिएको थियो । अब आउँदो अक्टोबरअघि रकेट प्रक्षेपण हुने सम्भावना नरहेको नासालाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

आर्टमिस नामको यो कार्यक्रमले मानिसलाई पुनः चन्द्रमामा पुर्याउने लक्ष्य लिएको छ । यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत मानिस र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको नासाले जनाएको छ। स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको यो रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।

यसले चन्द्रमामा ५० वर्षको अन्तरमा आउँदो दुई वर्षभित्र मानिस उतार्ने आधार खडा गर्ने भनिएको छ । 
 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया