‘ऐना झ्याल पुतली’ आजदेखि प्रदर्शन हुँदै

 भदौ २४, २०७९ शुक्रबार ११:६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली चलचित्र ‘ऐना झ्याल पुतली’ आजदेखि प्रदर्शन हुँदैछ । हलवाला र वितरकबीचको  लामो रस्साकस्सीबीच आज चलचित्र प्रदर्शन हुन लागेको हो ।

‘ऐना झ्याल पुतली’लाई नेपाली परिवेशको ‘अर्गानिक’ नेपाली फिल्म भनिएको  छ । रङ्गकर्मीलगायतले यसको प्रशंसा गरेका छन् । यो फिल्मले दर्शकलाई आफ्नो बाल्यकालसँगै आफ्ना साथीभाइको सम्झना गराइदिन्छ । यस्तै, परिवार भित्रका सुख दुःखलाई चलचित्रले समेटेको छ ।

फिल्म समीक्षक र प्रिमियरमा सहभागी दर्शकले यो फिल्मको प्रशंसा गरेका छन् । ‘ऐना झ्याल पुतली’ को निर्देशन सुजित बिडारीले गर्नुभएको हो ।  यो फिल्मको लेखकसमेत रहेका बिडारीले आफ्नो बाल्यकाल र किशोरावस्थाका कथाहरू, भोगाइ, घरगाउँ, आफन्त र साथीहरूका जीवनका घटनालाई फिल्ममा समेटेको बताउनु भएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया