ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – एसिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले पाकिस्तानलाई हराएको छ । दुबई अन्तर्राष्ट्रिय मैदानमा गए राति भएको 'सुपर फोर' को अन्तिम खेलमा श्रीलङ्काले पाकिस्तानले पाँच विकेटले हराएको हो ।
पाकिस्तानले दिएको एक सय २२ रनको सामान्य लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर १८ बलअघि नै भेटायो । उसका लागि पथुम निशंकाले नटआउट ५५, भानुका राजापाक्षेले २४ र दसुन सनाकाले २१ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद होसनैन र हरिस राैफले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले बाबर आजमको ३० र मोहम्म्मद नवाजको २६ रन मद्दतमा एक सय २१ रन बनाएको थियो । बलिङतर्फ श्रीलङ्काका विनिन्दु दी सिल्भाले तीन विकेट लिए । दुवै टोली फाइलनमा पुगिसकेका छन् । फाइनल खेल भोलि आइतवार हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।