जलवायु परिवर्तनलाई बेवास्ता गर्नु सामूहिक आत्महत्या बराबर : महासचिव गुटेर्रेस

 भदौ २५, २०७९ शनिबार ६:३६:३१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनलाई बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गनुभएको छ । मनसुनी बाढीबाट प्रभावित लाखौँ मानिसहरूका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गर्नुभएका गुटेर्रेसले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिनुभएको छ ।

महासचिव गुटेर्रेसले जलवायु परिवर्तनलाई बेवास्ता गर्नु सामूहिक आत्महत्या बराबर भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गुटर्रेसले आज शनिवार पाकिस्तानको दक्षिणको बाढी प्रभावित क्षेत्रको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

पछिल्लो पटक लगातारको वर्षाका कारण पाकिस्तानमा आएको बाढी पहिरोले झन्डै १५ सय जनाको ज्यान गएको छ । यस्तै बाढीले कैयौँ हेक्टरमा लगाइएको बालीनाली नोक्सान हुनुका साथै घर, व्यवसाय, सडक र पुलहरू भत्किएका छन् ।

पाकिस्तानले पुनर्निर्माण र मर्मतका लागि कम्तीमा १० अर्ब अमेरिकी डलर खर्च हुने बताएको छ । पाकिस्तानले तत्काल तीन करोड ३० लाख प्रभावितका लागि खाद्यान्न आवश्यक भएको जनाएको छ । पाकिस्तानमा हरेक वर्ष मनसुनी वर्षाका कारण ठूलो जनधनको नोक्सानी हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया