दार्चुलामा बाढी र पहिरोमा परि ११ जना बेपत्ता : खोजी चल्दै

 भदौ २५, २०७९ शनिबार १८:३३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दार्चुलामा बाढी र पहिरोमा परि ११ जना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर एककी मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का नन्दराम बोहराको ज्यान गएको हो ।

नन्दरामको बाढीमा परि ज्यान गएको हो भने बाँकी चार जनाको पहिरोका कारण ज्यान गएको चन्दले जानकारी दिनुभयो । बाढीमा परि बेपत्ता ११ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । १० जना गम्भीर घाइते भएका छन् ।

बाढी/पहिरोका कारण महाकाली नगरपालिका, दुहु गाउँपालिका र नौगाड गाउँपालिकामा २० वटा घरमा क्षति पुगेको छ । दार्चुला–तिङ्कर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । एउटा विद्यालयमा पनि क्षति पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया