भारतको आसाममा एक लाख सरकारी घर बनाइने, झण्डै १६ लाख मानिस लाभान्वित हुने

 भदौ २६, २०७९ आइतबार ६:४८:५७ | एजेन्सी
unn.prixa.net

भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने भारत सरकारको तयारी छ ।

आसामका पञ्चायत तथा ग्रामीण विकास मन्त्री रन्जीत कुमार दासले अर्को हप्तादेखि नै ती घर बनाउने कामको थालनी हुने जानकारी दिनुभएको छ । सरकारले बनाउने सुविधासम्पन्न ती घरबाट १६ लाख मानिस लाभान्वित हुनेछन् । एक लाख घर आसाम राज्यका विभिन्न ठाउँमा बन्नेछन् ।

सरकारले घरवारविहीन तथा न्यून आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरु बनाउन लागिएको समाचार संस्था एएनआईले जनाएको छ । घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरुलाई हस्तान्तरण गर्नेछ ।

भारतको केन्द्र सरकारले देशका अरु राज्यमा पनि प्रधानमन्त्री आवास योजना लागू गरी घरवारविहीनहरुलाई घर बनाइदिने कार्यक्रम अगाडि सारेको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया