साप्ताहिक शेयर समीक्षा : असोजको सुरुमै शेयरबजारमा उत्साह बढ्यो

 असोज १२, २०७५ शुक्रबार २०:५९:८ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडौं - निकै लामो समयपछि शेयरबजारमा कारोबार बढेर उत्साह बढेको छ |

भाद्र महिना सामान्य हुँदै असोज महिनाको सुरुवातदेखि नै कारोबारमा बढोत्तरी आइरहेको छ | लाभांश घोषणासँगसँगै साधारणसभाको लागि बुक क्लोज हुने मिति घोषणा भएका कारण लाभ लिनको लागि लगानीकर्तामा उत्साह देखिएको छ |

केही विकास बैंकहरुले असोज महिनाको अन्त्यसम्म साधारणसभा सम्पन्न गरी दसैँ खर्च उपलब्ध गराउन लागेका देखिएको छ | कारोबार मापन गर्ने सूचकमा सामान्य उतारचढाव देखिए पनि कारोबार संख्या र सामान्य अवस्थामा रहेको छ | कारोबारमा मुख्य हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले लाभांश घोषणा नगरे पनि राम्रै लाभ (बोनस) घोषणा गर्ने अपेक्षामा कारोबारमा बढोत्तरी आएको मान्न सकिने केही आधार रहेको छ |

लाभांश घोषणा गरेका अधिकांश कम्पनीले नगद लाभ घोषणा गरेकाले अब वाणिज्य बैंकले बोनस घोषणा गर्लान् कि भन्ने आशमा लगानीकर्ता रहको देख्न सकिन्छ | अधिकांश लगानीकर्ताले बोनसलाई राम्रो लाभ मान्ने भएकाले बोनस घोषणा होला कि भन्ने आशामा वाणिज्य बैंकतर्फ लगानी बढाएकोले कारोबार रकम बढ्नमा मद्दत पुर्याएको देख्न सकिन्छ | यस्तो अनुमान गर्नुको कारण विकास बैंक र लघुवित्तले नगद र बोनस लाभांश घोषणा गरेकाले वाणिज्य बैंकले पनि बोनस समेत घोषणा गर्ने आशामा लगानीकर्ताले वाणिज्य बैंकतर्फ लगानी बढाएका देख्न सकिन्छ |

कारोबार रकम गएको हप्ता भन्दा २६ दशमलब शून्य २ प्रतिशतले बढेको छ | यसहप्ता र गएको हप्ताको गतिविधि तालिकामा देखाइएको छ |

यस साता २३ करोड ३६ लाख १० हजार र १८ सय २७ पटक कारोबार भएर प्रभू बैंक रकम र कारोबारको आधारमा पहिलो भएको छ | ३० लाख ८५ हजार कित्ता शेयर संख्या कारोबार भएर क्यापिटल मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स (संस्थापक) अगाडि रहेको छ | रकमको आधारमा प्रभू बैंकपछि एनआईसी एसिया बैंक, एनएमबी बैंक, नेपाल बैंक र कुमारी बैंक क्रमशः रहेका छन् | क्यापिटल मर्चेन्ट बैंकिंग समस्याग्रस्तको सूचीमा रहेको वित्तीय संस्था हो |

यस हप्ता कुनै पनि कम्पनीको शेयर सूचीकरण भएनन् |

सूचकको उतारचढाव

नेप्से सूचक र समूहको उतारचढाव निम्न बमोजिम रहेको छ |

 

नेप्से सूचक पहिलो दिनको तुलनामा दोस्रो दिन बढेर तेस्रो र चौथो दिन घटेर बन्द भएको छ | पहिलो दिनको तुलनामा दोस्रो दिन २२ अंकले बढेको थियो भने तेस्रो दिन दोस्रो दिन बढेको भन्दा २ अंकले तल झरेको थियो |

साताको अन्तिम दिन पहिलो दिनको तुलनामा झन्डै १० अंकले र अगिल्लो साता भन्दा १२ अंकले बढेर बन्द भएको छ | समूहगत परिसूचकमा वाणिज्य बैंक समूह अगिल्लो साता भन्दा २३ अंक र पहिलो दिन भन्दा १४ अंकले बढेर बन्द भएको छ | नेपाल टेलिकम सूचीकृत अन्य समूह अगिल्लो साता भन्दा झन्डै १३ अंक गुमाएको छ भने पहिलो दिनको भन्दा झन्डै ४ अंक गुमाएको छ | निर्जीवन बीमा समूहले पहिलो दिन भन्दा झन्डै २७ अंक र अगिल्लो साताको भन्दा ८९ अंक गुमाएको छ |

नयाँ शेयर/हकप्रद

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले असोज २२ गते र प्रोगेसिभ फाइनान्सले असोज २३ गतेसम्म हकप्रद भर्ने म्याद थप गरेका छन | हकप्रद शेयर जारी गर्न स्वीकृति पाएको स्वदेशी लघुवित्तले आगामी असोज २३ गतेबाट बिक्री खुला गर्ने भएको छ | चालु रहेका अन्य शेयर/हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ |

लाभांश घोषणा

चालु हप्ता पनि वाणिज्य बैंकले लाभांश घोषणा गरेनन्| परिस्थिति हेर्दा वाणिज्य बैंकले दशैँ अघि (असोज महिना) मा लाभांश घोषणा गर्नसक्ने सम्भावना देखिन्न |

असोज महिनाभित्र साधारणसभा सम्पन्न गर्न सकिने दिन पनि सकिएको छ | साधारणसभाको लागि कम्तीमा २१ दिन अघि नै सूचना प्रकाशन गर्नुपर्छ | लाभांश घोषणा गरेका विकास बैंकहरुले साधारणसभा समेत घोषणा गरिसकेका छन् र कतिपयको त बुक क्लोज पनि भइसकेको छ | अहिलेसम्म घोषित लाभांश विवरण तालिकामा उल्लेख गरिएको छ |

 

लाभांश घोषणा भए पनि साधारणसभा नभएसम्म घोषित लाभांश केवल घोषणामा नै सीमित रहन्छन | अहिलेसम्म म्युचुअल फण्ड र एक जलविद्युत कम्पनीको मात्र लाभांश पारित भएको छ | बैंकिंग संस्थामा आईसीएफसी फाइनान्सको लाभांश पारित भएको छ | पारित भएका लाभांशको सूची तालिकामा प्रस्तुत गरिएको छ |

साधारणसभा

कम्पनीहरुले साधारणसभा समेत सुरु गर्न थालेका छन् |

मनोनयन, नियुक्ति र राजीनामा

आईसीएफसी फाइनान्सले सुनिल पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा र लक्ष्मणप्रसाद जैसीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ | एक्सेल डेभलपमेन्ट बैंकले रामकुमार गिरीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ | सहयोगी विकास बैंकले राजेशकुमार मल्लिकलाई कम्पनी सचिव नियुक्त गरेको छ | हाथवे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुबास पौडेललाई कम्पनी सचिव समेतको जिम्मेवारी दिएको छ |

ग्रीन डेभलपमेन्ट बैंकमा गणेशकुमार श्रेष्ठ, कृष्णशंकर श्रेष्ठ र श्यामप्रसाद श्रेष्ठ संस्थापक समूहबाट तथा प्रकाशकुमार श्रेष्ठ सर्वसाधारण समुहबाट निर्विरोधसंचालकमानिर्वाचित भएका छन् |

ङादी ग्रुप पावर कम्पनीमा डा. भोगेन्द्रकुमार गुरागाईं, शैलेन्द्र गुरागाईं, दिनेश गुरुङ, रविन सुवेदी, सत्यनारायण प्रजापति, शक्ति सिग्देल र लक्ष्मीशोभा गोंसाई (स्वतन्त्र) संचालकमा निर्वाचित भएका छन् | सिनर्जी पावरका संचालक कल्याण बिष्टले राजीनामा गरेका छन् | हाथवे फाइनान्सका संचालक सागर ढकालले राजीनामा गरेका छन | स्वरोजगार लघुवित्तले विजया बस्नेत क्षेत्रीलाई स्वतन्त्र संचालक मनोनयन गरेको छ |

अन्य गतिविधि

धितोपत्र बोर्डले चौतारी लघुवित्तलाई साधारण शेयर निष्काशन गर्ने अनुमति दिएको छ |

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, शुभम पावर कम्पनी, जनसेवी लघुवित्त, आशा लघुवित्त र स्पर्श लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् | ग्रीन लाइफले स्थानीयका लागि र बाँकी कम्पनीले सर्वसाधारण लागि अनुमति मागेका हुन् | यी सबै कम्पनीको बोर्डले प्रारम्भिक अध्ययन गरिरहेको छ |


 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

1 Comments

  • Khagendra

    Sept. 28, 2018, 9:06 p.m.

    API को right Share कहिले आउँछ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया