लीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन, काठमाण्डौका सडक अस्तव्यस्त

 भदौ २९, २०७९ बुधबार ११:३४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको छ । ली चान्सुको स्वागतमा भक्तपुरमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो ।

लीको भ्रमणका कारण बिहान ९ बजेदेखि नै काठमाण्डौ उपत्यकामा गाडीको आवागमन प्रभावित भएको छ । अहिले उपत्यकाका मुख्यमुख्य सबै चोकमा लामो जाम छ ।

बिहान रविभवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन रोकिएको थियो । यी सबै क्षेत्रमा अहिले ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।

ली नेतृत्वको टोली भक्तपुरको अवलोकन सकेर सोल्टी होटल फर्किसकेको छ । लीले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ ।

यो समयमा पनि रविभवन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानी पखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ ।

लीको भ्रमणका कारण तीन दिनदेखि उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । पाहुनाका लागि सडक खाली गर्दा बिरामीलगायत कामका लाग घरबाहिर निस्केकाहरु मर्कामा परेका छन् ।

अस्ति सोमवार नेपाल भ्रमणमा आएका ली भोलि स्वदेश फर्किनु हुनेछ । 

तस्बिर : रासस

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया