च्याम्पियन्स लिग :  पीएसजी, रियल मड्रिड र सिटी विजयी, चेल्सी बराबरीमा रोकियो

 भदौ ३०, २०७९ बिहिबार ६:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा गएराति भएका खेलमा ठूला क्लब विजयी भएका छन् ।

गएराति भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिङ्गलाई २–० गोलले हराएको छ । उसका लागि भलमार्डी र एसेन्सियोले गोल गरे । यस्तै नापोलीले रेञ्जर्सलाई ३–० गोलले र र एसी मिलानले डाइनामो जाग्रिबलाई ३–१ गोलले हरायो ।

शख्तर डोनेट्स्क र सेल्टिक तथा  चेल्सी र आरबी साल्जबर्गले १–१ गोलको बराबरी खेल्दा कोपनहेगन र सेभिल्लाको खेल गोलरहित बराबरीमा सकियो । चेल्सी २ अङ्कसहित समूहको पुछारमा छ । यस्तै, बेन्फिकाले युभेन्ट्सलाई र म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डलाई समान २–१ गोलले हराएका छन् ।

पेरिस सेन्ट जर्मेन पीएसजीले माकाबी हाइफालाई ३–१ ले हरायो । पीएसजीका लागि लियोनल मेस्सी, केलियन एम्बाप्पे र नेयमारले गोल गरे । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया