रुसका राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच उज्वेकिस्तानमा भेटवार्ता

 भदौ ३१, २०७९ शुक्रबार ६:४७:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ ।

भेटमा युक्रेन मामिलाबारे मुख्य छलफल भएको र यसमा बेइजिङले सन्तुलित अडान लिएको भन्दै पुटिनले प्रशंसा समेत गर्नुभएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पुटिन र चिनियाँ समकक्षीबीच पहिलोपटक प्रत्यक्ष रूपमा उज्वेकिस्तानको समरकन्दमा भेट भएको हो ।

चिनियाँ राष्ट्रपति सीले चीनले ‘ठूला शक्तिका रूपमा’ रुससँग सहकार्य गर्न खोजेको बताउनुभएको बीबीसीले जनाएको छ । चीनले युक्रेनमा रुसले गरेको आक्रमणको खुलेर समर्थन गरेको छैन तर युद्ध सुरु भएयता दुई देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढ्दो छ । यसअघि दुई शीर्ष नेताहरुबीच शीतकालीन ओलम्पिक्सका क्रममा बेइजिङमा गएको फेब्रुअरीमा भेट भएको थियो ।

त्यसको केही दिनमै रुसले युक्रेन आक्रमण सुरू गरेको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया