संविधान दिवसको अवसरमा काठमाण्डौमा एमालेको ‘मर्निङवाक’, ओली बानेश्वरबाट हिँड्दै

 असोज १, २०७९ शनिबार ६:३५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाण्डौमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गर्दैछ ।

अरु कार्यक्रमजस्तो झन्डा, ब्यानर नबोकी विशुद्ध मर्निङवाककै रुपमा काठमाण्डौका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुग्ने तयारी छ ।

संविधान दिवस पर्सि असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको हो । बिहान ६ बजेर ४५ मिनेटदेखि सुरु हुने कार्यक्रममा सहभागी हुन एमालेले सबैलाई अपिल गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया