दशैँको लागि बसको अग्रिम टिकट बुकिङ खुला, कहाँ जान कति भाडा ?

 असोज १, २०७९ शनिबार ७:२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - दशैँको लागि काठमाण्डौबाट गाउँघर जाने यात्रुको लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । नयाँ बसपार्कसहित अरु ठाउँमा रहेका आधिकारिक काउन्टरमा गएर टिकट बुकिङ गर्न सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

नयाँ बसपार्कमा धेरै गाडी गुड्ने ठाउँमा अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा अहिलेकै काउन्टरबाट व्यवस्थापन गरिएको छ । अनलाइनबाट पनि टिकट लिन मिल्ने व्यवसायीहरुले बताएका छन् । तर सबै ठाउँ र सबै बस कम्पनीको अनलाइनबाट बुकिङ गर्न मिल्दैन । टिकट लिँदा भाडादर र टिकट वितरकको बारेमा राम्रोसँग जानकारी लिन र आधिकारिक व्यक्ति र काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवस्था विभागले भन्दै आएको छ ।

आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला गर्ने र फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने निर्णय यसअघि नै भएको हो ।  यातायात सुव्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै फूलपातीको अघिल्लो दिनदेखि एकादशीसम्म मालवाहक गाडी सञ्चालनमा रोक लगाउने निर्णय भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

दशैँको बेला काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या धेरै हुने हुँदा यातायात व्यवस्थापनमा समस्या हुने गरेको छ । बाढीपहिरोका कारण बिग्रेभत्किएका सडक मर्मत गर्न यातायात व्यवसायीले सडक विभागलाई आग्रह गरे पनि मनसुन कायमै रहेकाले मर्मतको काम भने हुन सकेको छैन । 

हेर्नुहोस् कहाँ जान कति भाडा लाग्छ ?

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया