काठमाण्डौ महानगरको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट तथा सुर्ती खान नपाइने

 असोज १, २०७९ शनिबार ७:४२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट तथा सुर्ती खान नपाइने भएको छ ।

महानगरपालिकाले अस्ति बिहीवार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको हो । सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउन लागेको भन्दै महानगरले अटेर गर्नेलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ का आधारमा कारबाही र जरिबाना तिराइने जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया