बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति मुर्मु लण्डनमा

 असोज २, २०७९ आइतबार ६:४३:८ | एजेन्सी
unn.prixa.net

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति द्रोपदी मुर्मु लण्डन पुग्नुभएको छ । उहाँले अन्त्येष्टि समारोहमा सहभागी भइ भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुने छ । त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुने तयारी छ ।

एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा चीनको तर्फबाट भने उपराष्ट्रपति वाङ क्विशान सहभागी हुने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष प्रतिनिधिका रुपमा उहाँले सहभागिता जनाउनुहुने भएको हो ।

बेलायत सरकारले महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । उहाँको अन्त्येष्टि भोलि लण्डनमा शोक समारोहकासाथ गर्ने तयारी छ । महारानी एलिजाबेथको गएको सेप्टेम्बर ९ तारिखमा (भदौ २४ गते) निधन भएको थियो ।

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा बेलायतसहित धेरै देशले राष्ट्रिय शोक मनाउने घोषणा गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया