पुनम, दीपा र इन्दिराको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

 असोज ४, २०७९ मंगलबार ६:२९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनीहरु त्रिभुवन आर्मी फुटबल क्लबका हुन् ।

दशरथ रङ्गशालामा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै गाेलरक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ब्लेजरसहित उनीहरुको बिदाइ गरेको छ ।

झन्डै १६ हजार घरेलुसमर्थकबीच हिजो भएको महिला साफ च्याम्यिनसिपमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । लगत्तै नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले पनि प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए ।

थापाले यसै प्रतियोगिताको सुरुवातमा प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • Lakpa nuru sherpa

    Sept. 20, 2022, 6:48 a.m.

    खेलमा हार जित हुनै पर्छ एक जनाको हार नभए एकको जित हुन्न भन्ने कुराको हेक्का राखनु पर्छ किन खेल बाटै सनियास लिनु पर्छ ।कुन नेता चुनाव हारदा राजनीति वा पाटी बाट सन्यास् लेको छ यो राम्रो काम हैन जुन खेल बाटै हार खानु भनेको धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया