महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

 असोज ६, २०७९ बिहिबार ६:२३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् ।

अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनेको छ ।

अन्तिम अपडेट: असोज ७, २०७९

तपाईको प्रतिक्रिया