पहिरोले बन्द रहेको नारायणगढ–मुग्लिन सडक खुल्यो

 असोज ८, २०७९ शनिबार ६:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।

गएराति १२ बजेतिर भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि बिहानदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाटो बन्द हुँदा गन्तव्यमा हिँडेका गाडी र यात्रु राति बाटैमा रोकिएका थिए । अहिले रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा बेलाबेला पहिरो खस्दा सडक बन्द हुँदै आएको छ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया