बंगलादेशसँगकाे खेलमा नेपाल ३–० ले अघि, अञ्जन विष्टकाे 'ह्याट्रिक'

 असोज ११, २०७९ मंगलबार १८:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले तीन गाेलकाे अग्रता लिएकाे छ । दशरथ रङ्गशालामा भइरहेकाे पहिलाे हाफकाे खेल चलिरहँदा नेपाल तीन–शून्यले अघि छ । 

नेपालका लागि तीनै गाेल अञ्जन विष्टले गरे । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरे । 

याेसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गाेल सङ्ख्या १० पुर्‍याएका छन् । 

यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए ।

तस्बिर : समर्पण पन्तकाे ट्विटरबाट

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया