प्रचण्ड गाेरखा–२ बाट उम्मेदवार बन्ने

 असोज २२, २०७९ शनिबार ६:४७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने हुनुभएको छ । माओवादीको हिजो शुक्रवार बेलुकी बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट चुनावमा उठ्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिनुभयो ।
 
गोरखा क्षेत्र नं २ को प्रदेश सभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधान सभा चुनावमा माओवादी केन्द्र विजयी भएको थियो  । विसं २०६४ मा माओवादी नेता डा. बाबुराम भट्टराई विजयी हुनुभएको थियो । यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे त्यही क्षेत्रबाट विजयी हुनुभएको थियो ।
 
विसं २०७४ को चुनावमा नेपाली कांग्रेसको सहयोगमा डा भट्टराई पुनः निर्वाचित हुनुभएको थियो । डा. भट्टराईले आसन्न चुनावमा प्रतिस्पर्धा नगर्ने बताइसक्नुभएको छ । 

यसअघि २०७४ को चुनावमा प्रचण्ड चितवन ३ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै २०६४ सालको पहिलो संविधान सभा चुनावमा उहाँ काठमाण्डौ क्षेत्र नम्बर १० र रोल्पा २ बाट निर्वाचित हुनुभएको थियो । २०७० सालको दोस्रो संविधान सभा चुनावमा सिरहा ५ र काठमाण्डौ १० बाट उम्मेदवार बने पनि उहाँ काठमाण्डौ १० मा पराजित हुनुभएको थियो ।  

पदाधिकारी बैठकमा अध्यक्ष दाहालले सिट बाँडफाँटका बारेमा गठबन्धनमा भएको छलफलको ब्रिफिङ गराउनुभएको थियो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कुल नेपाल

    Oct. 8, 2022, 1:57 p.m.

    अब एकपटक प्रचंड लाई देश को कानून बेबसता मनतेंन गर्ने जिम्मा दिनु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया