उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा

 असोज २२, २०७९ शनिबार ६:५८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा जुट्दै छन् । भोलि आइतवार उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले दलहरू अन्तिम गृहकार्यमा जुट्न लागेका हुन् । 

नेकपा एमालेले उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने सत्ता गठबन्धनभित्र सिट बाँडफाँट मिलिसकेको छ । एमालेले सत्ता गठबन्धन छोडेको जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसँग केही सिटमा तालमेल गर्ने भएको छ । यसका लागि एमालेले आज शनिवार दुवै दलसँग छलफल गर्दैछ । 

सत्तारूढ गठबन्धनभित्र प्रतिनिधि सभाको सिट भागबन्डामा सहमति भइसकेकाे छ । जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई ८ देखि १० सिट दिने गरी भागबन्डा गरिएको हो । प्रतिनिधि सभाको १ सय ६५ मध्ये १ सय ६१ सिटको भागबन्डा मिलेको र यो सूचीमा आज शनिवासम्म तल–माथि हुन सक्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शुक्रवार बेलुकी अबेरसम्म बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट भएको छ । १३ सिटमा लोसपासँग थप छलफल गरेर टुङ्ग्याउने जिम्मा कांग्रेसलाई दिइएको छ । आज शनिवार सबै सिट टुङ्ग्याएर सहमति पत्रमा हस्ताक्षर गर्ने गठबन्धनको तयारी छ ।

यस्तै गठबन्धनको सहमतिअनुसार आ–आफ्नो भागमा परेको निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पनि उम्मेदवार टुङ्गो लगाउँदैछन् । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया