यसअघि सुक्खाग्रस्त क्षेत्र बाँके नरैनापुरमा अहिलेको बाढीले २ सय घरमा क्षति

 असोज २२, २०७९ शनिबार ७:२०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

बाँके – बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा बाढीले डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घरमा क्षति पुगेको छ भने एक हजारभन्दा धेरै बासिन्दा प्रत्यक्षरूपमा प्रभावित भएका गाउँपालिका विपद् शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताउनुभयो ।

उहाँका अनुसार वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का धेरैजसाे गाउँमा पानी पस्दा स्थानीयवासी प्रभावित भएका छन् । ६ वटै वडाका गाउँ जलमग्न भएका छन् । बाढी र डुबान पीडितका लागि तत्काल खाद्यान्न उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । समयमा वर्षा नहुँदा सुक्खा क्षेत्र घोषणा गर्नुपरेको नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले क्षति गरेको छ ।

यसैबीच विगत तीन दिनदेखि परेको पानीका कारण सुर्खेतको वीरेन्द्रनगर उपत्यका तल्लो तटीय क्षेत्र डुबानमा परेको छ । वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्र डुबानमा परेका हुन् ।

तल्लो क्षेत्र डुबानमा परेपछि स्थानीयवासी घर छोडेर सुरक्षित ठाउँमा लागेका छन् । धानबाली सबै बाढीले डुबाएको छ । डुबानले पाक्नै लागेको सबै धान नष्ट हुने चिन्ता रहेको स्थानीयवासीले बताएका छन् ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया