कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएराति भारी वर्षा, आउँदो हप्तादेखि मनसुन बाहिरिने अनुमान

 असोज २३, २०७९ आइतबार ६:३७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएराति भारी वर्षा भएको छ । लुम्बिनीका केही पश्चिमी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई वटा प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।

हिजो दिउँसोदेखि नै ठूलो पानी परेकाले खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधर लगायत साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होँचा र डुबान हुने ठाउँमा सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

यस्तै बबई राप्ती नदीमा पनि पानीको सतह खतराको तह नजिक नै रहे पनि बहाव घट्दो क्रममा रहेको छ । तर बाँके र बर्दियाका नदी किनारमा  बस्नेहरु पनि चनाखो रहनुपर्ने शाखाले जनाएको छ । वर्षा गराउने प्रणाली पश्चिमतिर सर्दै गएकाले पूर्वी र मध्य क्षेत्रको मौसम सफा हुँदै गएको छ । कर्णाली र सुदूरपश्चिममा पनि भोलिसम्म मौसम खुल्ने पूर्वानुमान महाशाखाले जनाएको छ । तर पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा भने आज पनि पानी पर्ने सम्भावना छ ।

नेपालमा मनसुन बाहिरिने औसत समय अक्टोबर २ तारिख अर्थात अघिल्लो हप्ता नै हो । तर यस वर्ष औसत समयभन्दा झन्डै दुई हप्ता लम्बिने भएको छ । अबको एक हप्तापछि अर्थात आउँदो शनिवार अथवा आइतवारदेखि नेपालबाट मनसुन बाहिरिने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

गएको जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन सुरु भएको थियो । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताउनुभयो । तर मनसुन रहे पनि पर्सि मङ्गलवारदेखि देशभरको मौसम सुधार हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया