नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा वाग्मती, आर्मी र सुदूरपश्चिमलाई एक–एक स्वर्ण

 असोज २५, २०७९ मंगलबार ६:३७:५१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा चलिरहेको नवौँ राष्ट्रिय खेलकुदमा हिजो फेन्सिङतर्फ वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश र आर्मीले स्वर्ण पदक जितेका छन् ।

सिनियर पुरुष फोयलमा सुदूरपश्चिमका जलिन्द्र शाहीले वाग्मतीका सञ्जिप लामालाई पराजित गर्दै स्वर्ण जिते ।

महिला ईपीको सिनियरतर्फको स्वर्ण आर्मीकी इन्दिरा पौडेलले आर्मीकै सीता पाठकलाई पराजित गर्दै जितिन् । सेबरतर्फको इभेन्टमा वाग्मतीकी शिक्षा नापितले विभागीय क्लब एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितिन् ।

शिक्षा गण्डकी प्रदेशमा चलिरहेको प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन् । प्रतियोगिता ईपी, फोयल र सेबर इभेन्टमा व्यक्तिगत र टिम इभेन्टमा दुई विभागीयसहित ६ टिमले प्रतिस्पर्धा गरेका छन् ।    

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया