च्याम्पियन्स लिगमा बायर्न प्रि–क्वाटर फाइनलमा : बार्सिलोना र इन्टर मिलानले बराबरी खेले

 असोज २७, २०७९ बिहिबार ६:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिख लगातार चौथो जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको चौथो खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोलले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो । बायर्नको जितमा लियोन गोरेट्जकाले दुई तथा साडियो माने र थोमस मुलरले समान एक/एक गोल गरे । प्लेजेनका एडाम भिकानोभा र जान क्लिमेन्टले गोल गरे ।

जितसँगै समूह ‘सी’ मा लगातार चौथो जित निकालेको बायर्न १२ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । यो समूहको अर्को खेलमा बार्सिलोना र इन्टर मिलानले बराबरी खेलेका छन् । बार्सिलोना र इन्टर मिलानले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

बराबरीको यो नतिजाले बार्सिलोनालाई अर्को चरणमा पुग्न कठिन बनाएको छ । यो समूहमा मिलानको ७ तथा बार्सिलोनाको ४ अङ्क छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया