च्याम्पियन्स लिग : लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो, सलाहको कीर्तिमानी ह्याट्रिक

 असोज २७, २०७९ बिहीबार ६:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा इङ्ग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ।

समूह चरण अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो। लिभरपुलका मोहम्मद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरे ।

खेलको १७औँ मिनेटमा स्कट अर्फिल्डले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर थप गोल गर्न नसकेको रेन्जर्सले ७ गोल खायो । सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक/एक गोल गरे । सलाहले ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक पूरा गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्याट्रिक पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

जितसँगै लिभरपुल समूह ‘ए’ मा ९ अङ्कसहित दोस्रो स्थानमा छ । यो समूहको अर्को खलमा आयाक्सलाई ४–२ गोलले हराएर नेपोली प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपोली ४ खेलमा १२ अङ्कसहित शीर्ष र पराजित आयाक्स ३ अङ्ककासाथ तेस्रो स्थानमा छ।

अन्तिम अपडेट: जेठ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया