जसपाका मन्त्री हटाइए

 असोज २७, २०७९ बिहिबार १८:१३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई हटाउनुभएकाे छ । 

आज बिहीवार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इश्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाउनुभएकाे हाे । जसपाले सत्ता गठबन्धनबाट बाहिरिएर आउँदाे चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले उसका चार मन्त्रीलाई हटाउनुभएकाे हाे । 

जसपाबाट सरकारमा श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव वन तथा वातावरण र मृगेन्द्र यादव कृषि तथा पशुपक्षी विकास मन्त्री हुनुहुन्थ्याे ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया