कर नबढाए आवासका लागि अनुदान दिनै सकिँदैन : अर्थमन्त्री खतिवडा (भिडियो)

 जेठ २३, २०७५ बुधबार १६:३१:२३ | उज्यालो सहकर्मी

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले कर नबढाए भूकम्पपछिको पुनर्निर्माणमा आवासका लागि अनुदान दिन नसकिने बताउनुभएको छ

अर्थमन्त्री खतिवडाले आफूहरुले पनि दाताबाटै ऋण लिएर अनुदान लिन लागेको बताउनुभयो । दाताले दिएको ऋणले मात्रै नपुगेकाले करको दायरा बढाउन परेको अर्थमन्त्री खतिवडाले स्पष्ट पार्नुभयो ।  

निजी आवास पुनर्निर्माण सम्बन्धि समस्या पहिचान र समाधानबारे काठमाडौं जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले पुनर्निर्माणमा दाताबाट लिएको ऋण र आन्तरिक स्रोतबाट खर्च गरिएको हुनाले यो खर्चको एकएक हिसाब राख्नुपर्ने बताउनुभयो । 

दाताबाट लिएको ऋण तिर्नुपर्ने भएकाले त्यसको सदुपयोगमा पनि अर्थमन्त्री खतिवडाले जोड दिनुभयो । आन्तरिक स्रोतबाट पुनर्निर्माणमा हुने खर्चको एक–एक पैसाको हिसाब नागरिकलाई दिनुपर्ने भएकाले इमान्दारितामा पारदर्शिता हुने गरी काम गर्न अर्थमन्त्री खतिवडाको निर्देशन थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया