टी–२० विश्व कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दै

 असोज ३०, २०७९ आइतबार ६:४४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : स्पाेर्ट्स टाइगर

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् ।

खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ । नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ । श्रीलङ्का पूर्व च्याम्पियन र अहिलेसम्मका विश्व कपमा सहभागी टोली हो । आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड खेल्दैछन् । यूएई दोस्रो पटक र नेदरल्यान्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो ।

यो विश्व कपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् ।

टी–२० विश्व कपमा अहिलेसम्मका ७ संस्करणमा ६ टोली च्याम्पियन बनेका छन् । वेस्टइन्डिजले दुई पटक विश्व कप जितेको छ । यो विश्व कपको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया