प्रिमियर लिग : आर्सनल शीर्ष स्थानमै, लिड्स युनाइटेड १–० ले पराजित

 असोज ३१, २०७९ सोमबार ६:४४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले विजयी यात्रा कायमै राखेको छ ।

गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । आर्सनलका लागि ३५औँ मिनेटमा साकाले गरेको गोल नै निर्णायक भयो । आर्सनल  १० खेलमा २७ अङ्कसहित शीर्ष स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ ।  लिभरपुलका मोहम्मद सलाहले ७६औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुल नौ खेलमा १३ अङ्कसहित आठौँ स्थानमा पुगेको छ ।हारेको सिटीले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

यस्तै, चेल्सीले एस्टन भिल्लालाई २–० गोलले हरायो । चेल्सीका लागि दुवै गोल मासन माउन्टले गरे । चेल्सी १९ अङ्कसहित चौथो स्थानमा कायमै छ । गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड न्युक्यासलसँग बराबरीमा रोकिएको छ । युनाइटेड १६ अङ्कसहित पाँचौँ स्थानमा छ। 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया