नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

ओलीले कात्तिक ४ गते नागरिकसँग फाेनमा कुराकानी गर्ने

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफाेन कुराकानी गर्नुहुने भएकाे छ । 

आज मङ्गलवार फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै ओलीले कात्तिक ४ गते शुक्रवार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने जानकारी दिनुभएकाे हाे । आउँदाे चुनावलाई लक्षित गरेर  मा केन्द्रित रहेर ओलीले नागरिककाे सुझाव लिन खाेजेकाे बताइएकाे छ ।  

अध्यक्ष ओलीसँग कुराकानी गर्न चाहनेले आफ्नाे नाम र नम्बर ओलीकाे फेसबुक पेजकाे म्यासेज बक्समा पठाउनुपर्ने छ । नम्बर पठाउनेलाई आफैँ फाेन गरेर कुराकानी गर्ने उहाँले पाेस्ट गर्नुभएकाे फाेटाेमा उल्लेख छ । 

प्रकाशित मिति:
थप राजनीति